डुम्रे–वेसीशहर सडक खण्डको अवरोध हट्यो

  असार १९, २०७८

तनहुँ, असार १९ : पटक पटक पहिरो खसेर अवरुद्ध हुँदै आएको तनहुँको डुम्रे बजारबाट लमजुङको वेशीसहर जोड्ने ‘डुम्रे–वेशीसहर सडक खण्ड’को अवरोध हटेको छ । अविरल वर्षासँगै खसेको पहिरोले अबरुद्ध बनेको सडक दिउँसो शनिबार दिउँसो १२ः३० बजेबाट सूचारु भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

बिहीबार विहानबाट अबरुद्ध बनेको डुम्रे–वेशीसहर खण्ड शुक्रबार साँझ ५ बजे बाट सूचारु भएकोमा पुनः पहिरो खसेपछि शनिबार विहानबाट बन्द भएको थियो । पानी परिरहेकाले हटाएपनि पुनः पहिरो खस्दै आएकोले खुल्ने तथा अबरुद्ध हुँदै आएको सडक खण्ड हाल भने पानी रोकिएसँगै पहिरो खसेको छैन । धेरै स्थानमा पहिरो गएकोले शुक्रबार सूचारु हुन ४५ घण्टा कुर्नु परेका थियो । सूचारु भएको १२ घण्टा पछि पुनः अवरुद्ध बनको थियो ।

भानु नगरपालिकामा पर्ने भन्सार, रमाईलो डाँडाँ, अँधेरीखोला, खहरे, चामवास, तुरतुरे र पाँचसय फाँटमा गएको पहिरो डोजरले हटाएर यातयात सूचारु गरिएको प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो । यातयात अबरुद्ध हुँदा एम्बेन्स समेत सञ्चालन गर्न नपाउँदा विरामीलाई बढी समस्या परेको थियो ।

तपाईको प्रतिक्रिया