काठमाडौं, असार १६ : अफगानिस्तानमा गएको चौबीस घण्टामा एक हजार ५५७ जनामा कोभिड १९ सङ्क्रमणको पुष्टि भएको छ । हालसम्म एक लाख २० हजार २१६ जना सङ्क्रमित पुगेका छन् ।
समाचार संस्था एएनआईका अनुसार महामारीमा अफगानिस्तानमा कोरोना सङ्क्रमणबाट चार हजार ९६२ जनाले ज्यान गुमाएका छन् । गएको चौबीस घण्टामा ९९६ जना सङ्क्रमित निको भएका छन् । अफगानिस्तानमा हालसम्म छ लाख जनाको परीक्षण गरिएको छ ।






