नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा. कार्की नियुक्त

  असार १६, २०७८

काठमाडौं, असार १६ : सरकारले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिको अध्यक्षमा डा.अर्जुन कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद बैठकले उहाँलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भौतिक यातायात तथा पूर्वाधामन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हानुभएका मन्त्री वसन्तकुमार नेम्वाङले बुधबार पत्रकार सम्मेलन मार्फत् सो जानकारी गराउनुभएको हो । उहाँकाअनुसार समितिको सदस्यमा डा.अमिना सिंह, डा. असिम ढकाल, प्रा.डा. विपिनचन्द्र अधिकारी, विदेश शाह, डा. दोभान राई, डा. संगीता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा.उत्तमबाबु श्रेष्ठ र डा. श्रवणकुमार राणालाई नियुक्त गर्ने निर्णय भएको छ ।

सोहीअनुसार विदेशी योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य पदमा खड्गबहादुर राई र वंशीधर लामालाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै, सार्वजनिक खरिद पुनराबलोकन समितिको अध्यक्षमा भीमकुमार ओझा ९पाँचथर० लाई नियुक्त गर्ने निर्णय भएको मन्त्री नेम्वाङले बताउनुभयो ।

सोहीअनुसार गण्डकी नदी बेसिन जोखिम समुदाय तथा परिस्थितिकीय प्रणालीको जलवायु समयानुकुल सुधारका लागि हरित जलवायु कोषबाट आइयूसियन मार्फत प्राप्त हुने २७.४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ । जापान सरकारबाट प्रोजेक्ट फर ह्वीमन रिसोर्स डेभपलप्मेन्ट स्कलसिप दोस्रो चरण अन्तर्गत सन् २०२१ का लागि छात्रबृत्तिको रुपमा प्राप्त हुने जापानीज यन ३५६ मिलियन बरावरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री नेम्वाङकाअनुसार नेपाल इन्जिनियरिङ परिषदको रजिष्ट्रार पदमा इन्जिनियर शिवमंगल गिरीलाई नियुक्त गर्ने निर्णय भएको छ । त्यस्तै, विउ विजन उत्पादन आपूर्ति तथा व्यवस्थापन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय सरकारले गरेको उहाँले जानकारी दिनुभयो । सोहीअनुसार नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय भएको मन्त्री नेम्वाङले जानकारी दिनुभयो ।

मन्त्री नेम्वाङकाअनुसार एसियाली विकास बैंकको कार्यकारी निर्देशकको कार्यालय फिलिपिन्सको मनिलामा १ नोभेम्बर २०२१ देखि ३१ अक्टोर २०२३ सम्मको दुई वर्षे कार्यकालका लागि नेपालले प्रतिनिधित्व गर्ने निर्देशकको सल्लाहकारमा अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई मनोनयन गरी निजलाई उक्त अवधिमा बैंकको केन्द्रीय कार्यालय मनिलामा काजमा पठाउने निर्णय भएको छ ।

सोहीअनुसार राष्ट्रिय विमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक (झापा) लाई पुनः नियुक्त गर्ने निर्णय भएको मन्त्री नेम्वाङले जानकारी दिनुभयो । त्यस्तै, नेपाली सेनाका पायलट सहायक रथी आशिसनरसिंह राणालाई पाइलट उपरथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय भएको नेम्वाङले जानकारी दिनुभयो । सोहीअनुसार मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको सदस्य पदमा प्रा.डा. मनराज कोलाक्षपति, डा. पदमबहादुर शाही र डा. अनिल पोखरेलाई नियुक्त गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

सोहीअनुसार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सदस्य सचिवमा जीतनारायण काफ्ले (स्याङजा) लाई तोक्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री नेम्वाङकाअनुसार सार्वजनिक खरिद पुनरावलोकन समितिको सदस्यमा इन्जिनियर महेन्द्रबहादुर गुरुङ ९ओखलढुंगा० लाई नियुक्त गर्ने निर्णय भएको छ । सोहीअनुसार वीरभक्ती थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय पनि सरकारले गरेको छ ।

मन्त्री नेम्वाङकाअनुसार सरकारी निकायको वेवसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि भएको छ । उहाँले हालसालै बसेको मन्त्रीपरिषदको चारवटा बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया