काठमाडाैं, असार १४ : पछिल्लो २४ घण्टामा मुलुकभर दुई हजार ४४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पिसिआर र एन्टिजेन बिधिबाट ११ हजार ६४० जनाको परीक्षण गर्दा सो पुष्टि भएको हो ।
छ हजार ६४८ जनाको पिसिआर बिधिबाट परीक्षण गर्दा एक हजार ५०९ र चार हजार ९९२ जनाको एन्टिजेन बिधिबाट परीक्षण गर्दा ९३५ जनामा कोरोना सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले ३७ हजार ९५० जना सक्रिय सङ्क्रमित छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा मुलुकभर तीन हजार ८५३ जना सङ्क्रमित निको भएका छन् भने ४२ जनाको कोरोनाबाट निधन भएको छ । अहिले देशभर ३५७ जना क्वारेन्टाइनमा छन् ।






