दिल्लीमा २४ घण्टामा ८९ सङ्क्रमित, चारको मृत्यु

  असार १३, २०७८

नयाँ दिल्ली, असार १३ : दिल्लीमा गएको २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या यस बर्षकै सबैभन्दा कम पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । दिल्लीमा गएको चौबीस घण्टामा ८५ व्यक्तिमा नयाँ सङ्क्रमण भेटिएको र चार सङ्क्रमितको मृत्यु भएको हो ।

दिल्लीमा गएको चौबीस घण्टामा २८५ व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् भने अहिलेसम्म कूल १४ लाख सात हजार व्यक्ति निको भई घर फर्किएका छन् । दिल्लीमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५६८ रहेको छ । दिल्लीमा कोभिडका कारण मृत्यु हुनेको दर १।७४ प्रतिशत कायम भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया