काठमाडौं, असार १३ : नेकपा एमाले स्थायी कमिटी आज बैठक बिहान ९ बजे बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको नेकपा एमाले केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको हो ।
पछिल्लो समय एमाले एकताका लागि पार्टी अध्यक्ष ओली र एमाले नेता माधवकुमार नेपाल पक्षका बीचमा आन्तिरकरुपमा औपचारिक तथा अनौपचारिक बैठक हुदै आएको थियो । यो क्रम सकारात्मक रुपमा अघि बढ्दै आएको पार्टी अध्यक्ष ओलीको पक्षबाट एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ् लगायतका नेताहरुले बताउदै आउनुभएको थियो ।
यस्तै नेता नेपालको पक्षबाट पनि सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य लगायतका नेताहरु वार्ता र छलफलमा रहे पनि पछिल्लो केही दिनयता पार्टी एकताका सम्बन्धमा आशा लाग्दो गतिविधि हुन सकेको छैन । यहि अवस्थामा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्न लागेको हो ।






