काठमाडौं, असार ११ : रुसमा शुक्रबार २० हजारभन्दा बढी नागरिकमा कोरोना भाइरसबाट संक्रमित भएका छन् । रुसमा गएको २४ घन्टायता २० हजार ३९३ नागरिक सङ्क्रमणमा परेका रुसका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
रुसमा हालसम्म ५४ लाख ९ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता कम्तीमा पनि ६०० जनाको ज्यान गएको छ । यो समेत गरी रुसमा अहिलेसम्म कोेरोनाका कारण १ लाख ३२ हजारभन्दा बढीको ज्यान गएको बताइएको छ ।
रुसको मस्को शहरमा सङ्क्रमितमध्ये सबैभन्दा धेरै प्रभावित भएका छन् । रुसको मस्कोमा मात्र अहिलेसम्ममा १३ लाखभन्दा बढी मानिसमा कोरोनाको संक्रमण भएको छ । रुसमा कोरोना भाइरसका विरुद्धमा खोप पनि लगाइएको छ । रुस आफैंले उत्पादन गरेको खोप दिइएको छ ।
शुक्रबारसम्ममा प्राप्त विवरण अनुसार रुसमा तीन करोड ६० लाख मानिसलाई कोरोना भाइरसका विरुद्धको खोप दिइएको बताइएको छ ।






