काठमाडौं, असार ९ : पाकिस्तानको लाहौरमा भएको बम विस्फाेटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । बुधबार लाहौरस्थित एक आवासीय क्षेत्रमा उक्त विस्फाेट भएको समाचार संस्था एएनआईले जनाएको छ । लाहौरको जोहार शहरस्थित एक अस्पताल नजिक विस्फाेट भएको हो ।
पाकिस्तानको एआरवाई समाचारले राजधानीका एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै कम्तिमा दुईजनाको मृत्यु र १७ जना घाइते भएको उल्लेख गरेको छ । विस्फाेटको कारण अझै खुल्न नसकेको प्रहरी अधिकारीले बताएका छन् ।






