काठमाडौ, असार १० : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी तथा सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी नियुक्त हुनुभएको छ ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तमा डा हरि पौडेल र सुमित्रा श्रेष्ठ तथा निर्वाचन आयोगका आयुक्तमा सगुनशम्शेर जबरा नियुक्त हुनुभएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यमा विपीनराज निरौला, महिला आयोगका सदस्यमा जया घिमिरे र सावित्राकुमारी शर्मा तथा राष्ट्रिय दलित आयोगका सदस्यमा सुन्दर पुर्कुटी नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा डा रामकृष्ण तिमल्सेना नियुक्त हुनुभएको छ । सोही आयोगका सदस्यमा पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री नियुक्त हुनुभएको छ । आदिवासी जनजाति आयोगका सदस्यमा सूर्यबहादुर गुरुङ, मधेशी आयोगका सदस्यमा आभा कुमारी, थारु आयोगका सदस्यमा शान्ति मोदी र उमाशंकरप्रसाद चौधरी र मुस्लिम आयोगका सदस्यमा मोहम्मदसमशुक हक नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संवैधानिक परिषद्का सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले विभिन्न संवैधानिक आयोगका अध्यक्ष एवम् पदाधिकारी नियुक्त गर्नुभएको हो ।
अख्तियार दुरूपयाेग अनुसन्धान आयोग
डा.हरि पाैडेल, आयुक्त
डा.सुमित्रा श्रेष्ठ (व्यान्जू), आयुक्त
लोकसेवा आयोग
माधवप्रसाद रेग्मी, अध्यक्ष
माधव बेल्बासे, सदस्य
वीरबहादुर राई, सदस्य
दिनेश सिलवाल, सदस्य
मञ्जुकुमारी, सदस्य
निर्वाचन आयोग
सगुनशम्शेर जबरा, सदस्य
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
विपिनराज निरौला, सदस्य
राष्ट्रिय महिला आयोग
जया घिमिरे, सदस्य
सावित्राकुमारी शर्मा, सदस्य
सुन्दर पुर्कोटी, सदस्य
राष्ट्रिय समावेशी आयोग
रामकृष्ण तिमल्सेना, अध्यक्ष
पुष्पराज तिमिल्सिना, सदस्य
मानप्रसाद खत्री, सदस्य
आदिवासी जनजाति आयोग
सूर्यबहादुर गुरुङ, सदस्य
मधेसी आयोग
आभाकुमारी, सदस्य
थारु आयोग
उमाशङ्कर प्रसाद चौधरी, सदस्य
शान्ति मोदी, सदस्य
मुस्लिम आयोग
मोहम्मद समशुल हक, सदस्य







