काठमाडौं, जेठ २९ : काठमाडौं उपत्यकामा कोरोनाका ५९८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ५९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा हाल नौ हजार २२९, ललितपुरमा तीन हजार ७४४ र भक्तपुरमा दुई हजार ७१० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
काठमाडौंमा हालसम्म एक लाख ९८ हजार ३९५, ललितपुरमा ३५ हजार ९४१ र भक्तपुरमा २१ ह्जार ४१४ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । मन्त्रालयको तथ्याङ्क बमोजिम काठमाडौंमा हालसम्म एक हजार ७६३, ललितपुरमा ५०७ र भक्तपुरमा ३५० जना सङ्क्रमितको निधन भएको छ ।






