भेरोसेल दोस्रो चरणको खोप : कामनपाको तयारी अन्तिम चरणमा, उमेरका आधारमा फरक दिन तोकिने

  जेठ २२, २०७८

काठमाडौं, जेठ २२ : यहि जेठ २५ गतेबाट शुरु हुने पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ । यस अभियानअन्तर्गत ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल (चिनियाँ खोप) को पहिलो मात्रा दिन लगाइन लागेको हो ।

शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँबरले खोप सञ्चालनका लागि सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ । उहाँले यसका लागि सम्पूर्ण तयारी भइसकेको बताउनुभएको हो । महानगरपालिकाले खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको र नामहरूखकरिब करिब आइसकेको बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।

‘यसका लागि पत्राचार गर्नुपर्दैन । मौखिक रुपमा भने पनि हुन्छ । ३२ वटा वडामध्ये धेरै वडाबाट खोप सञ्चालन गर्ने केन्द्रको नाम आइसक्यो । अब एक–दुई ठाउँबाट आउन बाँकी छ । त्यो पनि भोलिसम्म आइपुग्छ,’ उहाँले भन्नुभयो । साथै उहाँले ३२ वटै वडाबाट खोप सञ्चालन गर्ने केन्द्रको नाम आइसकेपछि यो केन्द्रको नाम सार्वजनिक गर्ने बताउनुभयो ।

जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुने पहिलाो चरणको खोप अभियानमा उमेर अनुसार खोप लगाइने भएको छ । यो पटक ६० वर्ष उमेर समूहका नागरिकलाई एक दिन मात्र खोप लगाइने छ भने ६१ वर्ष उमेर समूहका नागरिकलाई एक दिन गरेर पाँच दिनसम्म खोप लगाइने विभागीय प्रमुख कुँबरले बताउनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

उहाँका अनुसार जेठ २५ गते ६० वर्षका नागरिकलाई खोप दिइने छ भने ६१ वर्षका लागि २६ गते दिइने छ । त्यस्तै ६२ वर्षका लाई २७ गते, ६३ वर्षका लाई २८ गते र ६४ वर्षका लाई २९ गते गरेर पालैपालो खोप लगाइने छ । कुन उमेर समूहलाई कुन दिन खोप लगाइने त्यसबारे सूचना सार्वजनिक गर्ने उहाँले बताउनुभयो । उक्त उमेर समूहका नागरिकलाई चीन सरकारले उपलब्ध गराएको भेरोसेल (चाइनीज खोप) को पहिलो मात्रा दिन लागिएको हो ।

सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करीब १ लाख व्यक्ति लावान्वीत भएका थिए ।

तपाईको प्रतिक्रिया