इजरायलको विपक्षी गठबन्धन नयाँ सरकार गठन गर्न सहमत

  जेठ २०, २०७८

काठमाडौं, जेठ २० : इजरायलको विपक्षी दलहरुको गठबन्धनले नयाँ सरकार गठनका लागि सहमति जनाएको छ । ‘सेन्ट्रिस्ट एत्तिद पार्टी’का नेता याइर लापिडले आठ गुट सरकार गठनका लागि गठबन्धन गरेको बताउनुभएको छ ।

बीबीसीका अनुसार चक्रीय पद्धतिमा दक्षिणपन्थी यमीना पार्टीका नाफ्टाली बेन्नेटले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुनेछ । त्यसपछि लापिडलाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गरिनेछ । सरकार गठन हुनुअघि सदनमा मतदान हुनेछ ।

इजरायलमा पछिल्लो दुई वर्षमा चार पटक संसदीय निर्वाचन भएको छ । यद्यपि कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेको छैन् । प्रधानमन्त्री बेञ्जामिन नेतान्युहले संसदमा बहुमत प्राप्त गर्न नसकेपछि सत्ताबाट बहिर्गमनको बाटोमा हुनुहुन्छ । लगातार १२ वर्षसम्म नेतान्युहले इजरायलको प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएको छ । 

तपाईको प्रतिक्रिया