चीनले अनुदानमा दिएको पहिलो खेप खोप काठमाडौं आइपुग्यो, थप दिउँसो आउँदै

  जेठ १९, २०७८

काठमाडौँ, जेठ १८ : चीन सरकारले अनुदानमा दिने १० लाख डोज भेरोसल खोपमध्ये तिब्बत स्वशासित क्षेत्र सरकारले दिने भएको दुई लाख मात्रा खोपमध्ये पहिलो खेप आज बिहान काठमाडौं आइपुगेको छ । उक्त २ लाख खोप युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निः शुल्क नेपाल ल्याइदिने जनाएको छ ।

हिमालयले कुनमिङमा गर्ने कार्गो उडानका क्रममा चार खेपमा दुई लाख डोज खोप ल्याउने भएको हो । चार उडानबाट कुल ४१७ वटा बक्स खोप काठमाडौँ ल्याइने हिमालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एउटा उडानमा १०५ बक्स ल्याउने जनाइएको छ ।

पहिलो उडान मङ्गलबार बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गरेको थियो । यसमा पहिलो लट आएको हिमालय एयरलाइन्सले जानकारी दिएको छ ।

सो ढुवानीबाट सरकारलाई करिब चार करोड रुपियाँ सहयोग पुग्ने एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सले बेइजिङबाट आज दिउँसो साढे २ बजे बाँकी अाठ लाख डोज ल्याउनेछ ।

तपाईको प्रतिक्रिया