भारतमा एक लाख २७ हजार सङ्क्रमित थपिए

  जेठ १९, २०७८

काठमाडौं, जेठ १८ : भारतमा कोरोनाभाइरसका एक लाख २७ हजार ५१० जना सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा थपिएको सङ्क्रमित पछिल्लो ५१ दिन यताकै सबैभन्दा कम हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ८१ लाख ७५ हजार ४४ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पछिल्लो ४३ दिन यताकै सबैभन्दा कम भएको छ ।

सक्रिय सङ्क्रमित २० लाखभन्दा कम भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल १८ लाख ९५ हजार ५२० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा दुई लाख ५५ हजार २८७ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ५९ लाख ४७ हजार ६२९ जना कोरोनामुक्त भएका हुन ।

भारतमा हालसम्म ३४ करोड ६७ लाख ९२ हजार २५७ नमूना परीक्षण गरिएको छ । चौबीस घण्टामा १९ लाख २५ हजार ३७४ नमूना परीक्षण गरिएको छ । हालसम्म भारतमा २१ करोड ६० लाख ४६ हजार ६३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया