उपत्यकामा एक हजार २६३ मा कोरोना संक्रमण

  जेठ १७, २०७८

काठमाडौं, जेठ १७ : काठमाडौं उपत्यकामा कोरोनाका एक हजार २६३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार २६३ सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ८९०, ललितपुरमा २५२ र भक्तपुरमा १२१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । हाल काठमाडौं जिल्लामा १४ हजार ७९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म एक लाख ८८ हजार २२८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । काठमाडौंमा हालसम्म एक हजार ६१९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

ललितपुरमा हालसम्म ३३ हजार ३३२ जना सङ्क्रमित भएकोमा छ हजार ३९१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म ललितपुरमा ४३८ सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुरमा हालसम्म १९ हजार ९०९ जना सङ्क्रमित भएकोमा चार हजार ४०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । भक्तपुरमा हालसम्म ३२४ सङ्क्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया