ठाकुर र महतोसहित चार नेतालाई दोस्रो पटक स्पष्टीकरण, निष्काशन गर्ने चेतावनी

  जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : जनता समाजवादी पार्टी (जसपा) नेपालका उपेन्द्र यादव पक्षले पुनः चार जना नेतालाई स्पष्टीकरण सोधेको छ । पार्टीको विधान र राजनीतिक दल ऐन विपरित काम गरेको भन्दै सो पक्षले चार नेतासँग पुनः स्पटीकरण माग गरेको जनाएको छ ।

सो पक्षद्वारा शनिबार जारी विज्ञप्तीअनुसार अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अन्य नेतामा लक्षणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोधिएको छ । २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआएमा पार्टीबाट निष्काशन गर्नेसम्मको चेतावनी सो पक्षले दिएको छ ।

जसपाको केन्द्रीय कार्यालय प्रमुख प्रकाशन अधिकारीको हस्ताक्षरमा काटिएको स्पष्टीकरणपत्रमा अध्यक्ष यादवको हस्ताक्षर रहेको छैन । पत्रमा जसपा विधानको दफा ६४ को उपदफा ५, दफा ६९ को उपदफा ५ र दफा ५० को उपदफा १ अनुसार कारवाही गर्ने चेतावनी सो पक्षले दिएको छ ।

तपाईको प्रतिक्रिया