मलेसियामा जुन १ देखि दुई साताको देशब्यापी लकडाउन घोषणा

  जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : मलेसिया सरकारले जुन एकदेखि १३ सम्म देशब्यापी लकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शुक्रबार अबेर एक निर्देशन जारी गर्दै लकडाउनको घोषणा गरेको हो ।

मलेसियामा पछिल्लो पटक कोरोनाभाइरस सङ्क्रमितको संख्या बृद्धि हुँदै गएको छ । समाचार संस्था एएनआईका अनुसार चौबीस घण्टामा थपिने सङ्क्रमित आठहजारको औसतमा दत्र्ता गरिएको छ । हाल ७० हजार कोरोना सङ्क्रमित बिरामी उपचारको क्रममा अस्पतालमा भर्ना छन् ।

प्रधानमन्त्री कार्यालयको वक्तब्य बमोजिम पहिलो चरणको लकडाउन दुई साताको हुनेछ । दोस्रो चरणमा चार साताको लागि थपिनेछ । यद्दपी सङ्क्रमित संख्या घट्दै गएको दोस्रो चरणमा खुकुलो अपनाइने बताइएको छ ।

पहिलो चरणमा अत्यावश्यक बाहेकका सबै ब्यापारिक प्रतिष्ठान र संघ संस्था बन्द रहनेछन् । मलेसियामा हालसम्म पाँच लाख ४० हजार सङ्क्रमितको पुष्टि भएको छ । दुई हजार ४०० सङ्क्रमितले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया