आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, बजेट अध्यादेश पारित हुने

  जेठ १५, २०७८

काठमाडौं, जेठ १५ : सरकारले ल्याउने बजेट अध्यादेश पारितका लागि आज ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ । आज दिउँसो ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले बताउनुभयो ।

बजेट अध्यायादेश राष्ट्रपति विद्यादेवी भणडारीले जारी गरेपछि आजै ४ बजे अर्थमन्त्रीले प्रत्यक्ष प्रशारणमार्फत बजेट सार्वजनिक गर्नुहुने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया