भेरी अस्पतालका डाक्टर नर्सहरुमाथि भएको आक्रमण लज्जास्पद : स्वास्थ्य मन्त्रालय

  जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर नर्सहरुमाथि भएको आक्रमण लज्जास्पद भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोना महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत मर्यादा नभूली काम गरिरहेका स्वास्थ्यकर्मीहरु माथि कार्यस्थलमै सांघातिक हमला हुने खालको क्रियाकलाप दिनानुदिन हुँदै जानु निकै लज्जास्पद भएको बताउनुभएको छ ।

नेपाल सरकारले तोकेको उपचार निर्देशिका अनुसार उपचार गरिरहेका भेरी अस्पताल नेपालगञ्जका स्वास्थ्यकर्मीहरु माथि भए राति भएको दुर्व्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै स्वास्थ्य मन्त्रालयले यसरी कही कतै कसैले कुनै पनि बहनामा स्वास्थ्यकर्मी माथि गर्ने उच्छिंखल तथा गैह्रकानुनी अमानविय गतिविधिहरुमा शून्य सहनशीलत राखी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फैजदारी कार्यविधि ९संहितां ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धि ऐन २०६६ आदि अनुसार कडाभन्दा कडा कारबाही हुने जनाएको छ ।

‘यो महामारीको समयमा सङ्क्रमणको रोकथाम, नियन्त्रण, उपचारका सबै भन्दा भरपर्दा सारथी भनेकै स्वास्थ्यकर्मीहरु भएकाले सबै सरोकारवाला निकार्यहरु मिलेर उहाँहरुलाई उच्च मनोबलका साथ काम गर्ने सुरक्षित वातावरण बनाइ दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ ।

कोरोना सङ्क्रमणका कारण बिहीबार राति एक जनाले ज्यान गुमाएपछि मृतकका आफन्तहरुले अस्पताल तोडफोड गर्ने लगायत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

तपाईको प्रतिक्रिया