उपत्यकामा दुई हजार ३६७ सङ्क्रमित थपिए

  जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ३६७ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ३६७ सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार चौबीस घण्टामा एक हजार ४९३ सङ्क्रमित थपिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा एक हजार ७३८, ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जना सङ्क्रमित थपिएका हुन् । थपिएका सङ्क्रमितसँगै काठमाडौंमा कुल सङ्क्रमित एक लाख ८३ हजार ८७१, ललितपुरमा ३२ हजार ३९० र भक्तपुरमा १९ हजार ३५७ पुगेको छ ।

मन्त्रालयले काठमाडौंमा हाल १६ हजार ३६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म काठमाडौं जिल्लामा एक हजार ५४४ सङ्क्रमित ज्यान गुमाएका छन् । ललितपुरमा हाल छ हजार ८५५ जना सङ्क्रमितमा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म ललितपुरमा चार सय ११ सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुरमा हाल चार हजार ७८९ मा भाइरसको सङ्क्रमण सक्रिय छ । भक्तपुरमा हालसम्म ३०९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया