६ हजार ७३१ थपिए, सात हजार २२६ कोरोनामुक्त, १०६ को मृत्यु

  जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : नेपालमा कोरोनाभाइरसका छ हजार ७३१ सङ्क्रमित थपिएका छन् । पछिल्लो @$ घण्टामा २० हजार ४१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ४२ हजार २५६ पुगेको छ । हाल एक लाख १६ हजार ४७६ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो @$ घण्टामा सात हजार २२६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख १८ हजार ८२९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । निको हुने दर भने बढेको छ । यसअघि ७४ प्रतिशतमा झरेको निको हुने दर ७७.२ प्रतिशत पुगेको छ ।

पछिल्लो @$ घण्टामा १०६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणले ^ हजार ९५१ जनाको मृत्यु भएको छ । हाल एक हजार नौ जना क्वारेन्टिनमा छन् ।

तपाईको प्रतिक्रिया