प्रतिनिधिसभा विघटनसम्बन्धी १९ वटा रिटकाे सुनुवाइ प्रधानन्यायाधीशले गर्नु हुने

  जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : प्रतिनिधिसभाको विघटनसम्बन्धी १९ वटा मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको एकल इजलासमा हुने भएको छ । सो कुरा सर्वोच्च अदालले प्रकाशित गरेका आजको पेशी सूचीमा उल्लेख छ । 

प्रतिनिधसभाकाे दाेस्राे पटक विघटनपछि सर्वाेच्चमा ३० वटा रिट दायर भएका र त्यस मध्ये ११ वटा रिट भने संवैधानिक इजलासमा दर्ता भएका छन् । संबैधानिक इजलासमा दर्ता भएका ११ वटा रिटकाे प्रारम्भिक सुनुवाइ भाेलि हुने छ । यही जेठ ८ गते मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भणडारीले प्रतिनिधिसभा विघटन गर्नु भएकाे थियाे । 

तपाईको प्रतिक्रिया