उपत्यकामा कोरोनाका दुई हजार ८२१ सङ्क्रमित थपिए

  जेठ १०, २०७८

काठमाडौं, जेठ ९ : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ८२१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा दुई हजार ८२१ जना सङ्क्रमित थपिएका हुन् ।

शनिबार चौबीस घण्टामा दुई हजार ३१८ सङ्क्रमित थपिएको थियो । काठमाडौं जिल्लामा भने कोरोना सङ्क्रमित थपिने सङ्ख्यामा कमी आएको छ । ललितपुर र भक्तपुरमा शनिबारको अपेक्षा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ ।

मन्त्रालयले काठमाडौंमा पछिल्लो चौबीस घण्टामा एक हजार ५६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । ललितपुरमा शनिबार चौबीस घण्टामा ३२८ जना सङ्क्रमित थपिएका थिए । भक्तपुरमा १७९ सङ्क्रमित थपिएका थिए ।

तपाईको प्रतिक्रिया