चन्द्रागिरिमा १० शैयाकाे आइसोलेसन सेन्टर सञ्चालन

  जेठ ०८, २०७८

काठमाडौँ, जेठ ८ : चन्द्रागिरि नगरपालिकामा १० शैयाकाे आइसोलेशन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको आज नगरप्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा सङ्क्रमित वृद्धि भइरहेका अवस्थामा आइसोलेशन सेन्टरले स्थापना गरिएको बताउनुभयो ।    
    
चन्द्रागिरि–१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले हाल १० शैया सञ्चालनमा ल्याइएता बिरामीको आवश्यकता अनुसार आगामी दिनमा शैया थप गर्दै लैजाने जानकारी दिनुभयो । समुदाय स्तरबाट सञ्चालन भएको उक्त आइसोलेशन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्यवस्थापन समिति गठन समेत गरिइएको छ । समितिले नै दैनिक सेवा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी बहन गरेको छ ।

तपाईको प्रतिक्रिया