उपत्यकामा दुई हजार ४४७ सङ्क्रमित थपिए

  जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार ४४७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ४४७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ७५२, ललितपुरमा चार सय र भक्तपुरमा २९५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँग काठमाडौंमा कोरोनाका कुल सङ्क्रमित एक लाख ७३ हजार ७५३ पुगेको छ ।

काठमाडौंमा हाल २२ हजार १९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म कोरोना सङ्क्रमणबाट एक हजार ३६७ जनाको मृत्यु भएको छ ।

ललितपुरमा हालसम्म २९ हजार ६५५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । हाल छ हजार ८५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ भने ३६३ जना सङ्क्रमितको मृत्यु भएको छ ।

भक्तपुरमा हालसम्म १७ हजार ८१३ जना सङ्क्रमित भएका छन् । २७१ सङ्क्रमितले हालसम्म ज्यान गुमाएका छन् । हाल भक्तपुरमा चार हजार ८६४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

तपाईको प्रतिक्रिया