इजरायल र प्यालेस्टाइनबीच संघर्षविराम

  जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घषविरामका लागि सहमत भएका छन् । ११ दिन लामो हिंसात्मक द्वन्द्वपछि उनीहरु संघर्षविरामका लागि तयार भएका हुन् ।

बीबीसीका अनुसार ११ दिनसम्म चलेको बमबारीपछि शुक्रबार बिहानैदेखि दुबै पक्षले युद्धबिराम भएको जनाएको छ। बमबारीमा कम्तिमा २४० जनाको मृत्यु भएको छ । अधिकांश गाजा क्षेत्रका छन् । बिरामसन्धी भएलगत्तै प्यालेष्टाइन नागरिक गाजाको सडकमा उत्रेर उत्सब मनाए । इजरायल र हमास दुबैले द्वन्दको क्रममा आ आफ्नो विजय भएको दाबी गरेको छ ।

अमेरिकी राष्ट्रपति जोइ बाइडेनले युद्धबिरामले वास्तविक अबसरको ढोका खोलेको प्रतिक्रिया दिनुभयो । गत् मई १० देखि दुबै पक्षबीच हिंसा सुरु भएको थियो । पूर्बी जेरुसेलममा मुस्लिम र यहुदीले ओगटेको धार्मिक क्षेत्रमा सुरु भएको हिंसा बमबारीमा परिणत भएको थियो ।

इजरायलको राजनीति सुरक्षा परिषद्ले युद्धबिरामका लागि गरिएको सिफारिश सर्वसम्मतले स्वीकार गरेको उल्लेख गरेको छ । इजरायलको रक्षा मन्त्री बेन्नी गान्जले ट्वीटरमा अभूतपूर्ब सैन्य सफलताको दाबी गर्नुभएको छ । हमासका एकजना अधिकारीले अशोसिएटेड प्रेससँगको कुराकानीमा प्यलेष्टाइन नागरिकको जित भएको र इजरायली प्रधानमन्त्रीको हार भएको दाबी गरे ।

तपाईको प्रतिक्रिया