राष्ट्रपतिबाट शपथ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश जारी

  जेठ ०६, २०७८

काठमाडौं, जेठ ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा आज ती अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया