अष्ट्राजेनिकाको कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन प्रधानमन्त्रीद्वारा बेलायतसँग आग्रह

  जेठ ०६, २०७८

काठमाडौं, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतसँग अष्ट्राजेनिकाले उत्पादन गरेको कोरोना भ्याक्सिन उपलब्ध गराइदिन अनुरोध गर्नुभएको छ ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलाइटिले आन सिंहदरबारमा गर्नुभएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्रीले सो अनुरोध गर्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभयो । भेटमा कोरोना विरुद्धको लडाइँमा परस्पर सहयोग आदानप्रदान बारे पनि छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया