उपत्यकामा दुई हजार ४८६ सङ्क्रमित थपिए

  जेठ ०५, २०७८

काठमाडौं, जेठ ५ : काठमाडौं उपत्यकामा कोरोनाका दुई हजार ४८६ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ४८६ जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा काठमाडौंमा एक हजार ९८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ जना सङ्क्रमित थपिएका हुन् । यसअघि काठमाडौं उपत्यकामा दैनिक करिब चार हजार सङ्क्रमित थपिदै आएकोमा जेठ सुरु भए यता दैनिक थपिने सङ्क्रमितको सङ्ख्या ओरालो लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया