ओमानमा दुई हजार ७८८ कोरोना सङ्क्रमित थपिए

  जेठ ०३, २०७८

काठमाडौं, जेठ २ : ओमानमा पछिल्लो पाँच दिनमा कोरोनाभाइरसका दुई हजार ७८८ सङ्क्रमित थपिएका छन् । सोही अबधिमा तीन हजार ९५१ जना कोरोनामुक्त भएका छन् ।

समाचार संस्था एएनआईका अनुसार ओमानको स्वास्थ्य मन्त्रालयले आइतबार थपिएका नयाँ सङ्क्रमितसँगै ओमानमा कोरोनाका दुई लाख पाँच हजार ५०१ सङ्क्रमित पुगेको छ । एक लाख ९० हजार ३४२ जना हालसम्म कोरोनामुक्त भएका छन् ।

पछिल्लो पाँच दिनमा ४५ जना सङ्क्रमितको मृत्यु भएको छ । ओमानमा कोरोना सङ्क्रमणबाट हालसम्म दुई हजार १९३ जनाको मृत्यु भएको हो । पछिल्लो केही दिन यता ओमान, मोरक्को, लेबनानमा कोरोना सङ्क्रमितको संख्यामा वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया