नेपालमा कोरोनाभाइरस संक्रमणको अवस्था चिन्ताजनक : डब्ल्यूएचओ

  जेठ ०१, २०७८

काठमाडौं, जेठ १ : नेपालमा कोरोनाभाइरस संक्रमण चिन्ताजनक अवस्थामा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ । डब्ल्यूएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोना महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताए ।

निर्देशक गेब्रियसले भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्याण्डलगायत देशको अवस्था चिन्ताजनक भएको भन्दै अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए । नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र अस्पतालमा उनीहरुका लागि बेड र अक्सिजन उपलब्ध हुन नसकेको अवस्थाप्रति चिन्ता व्यक्र गर्दै यसले अब थप जटिलताहरु आउने निर्देशक गेब्रियसले बताए ।

तपाईको प्रतिक्रिया