काठमाडौं, वैशाख ३१ : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो संसदीय दलको नेतामा चयन हुनुभएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता महतो पक्षका २० जना सांसदहरुको बहुमतीय सहमतितमा महतोलाई संसदीय दलको नेतामा बिहीबार चयन गरिएको हो ।
यसका लागि आइतबार संसदीय दलको बैठकमा बोलाइएको छ । साथै आइतबारै संसद सचिवालयमा यस सम्बन्धमा जानकारी गराउने तयारी भएको जसपाले बताएको छ । बिहीबार भक्तपुरको डोलेश्वर रिसोर्टमा ठाकुर–महतो पक्षका सांसदहरूको बैठक बसेको थियो । सो बैठकमा महतोलाई संसदीय दलको नेता चयन गर्ने सहमति भएको जसपाले जनाएको छ ।






