प्रधानमन्त्री ओली र नयाँ मन्त्रिहरूकाे सपथ, सबैलाई पुरानै जिम्मेवारी

  बैशाख ३१, २०७८

काठमाडौं, वैशाख ३१ : प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएकाे छ । शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराउनु भएकाे हाे ।

बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । साथै साेही अबसरमा नवनियुक्त मन्त्रीहरूले पनि सपथ लिनु भएकाे थियाे ।

नवनियुक्त मन्त्रीहरूकाे यस अघिकै जिम्मेवारी ताेकिएकाे छ । यस अघि मन्त्रिमणडलमा हेरफेर हुने भनिएकाे भए पनि हाललाई पुरानै मन्त्रिहरू रहनु भएकाे छ । 

तपाईको प्रतिक्रिया