बूढानीलकण्ठमा देउवा र प्रचण्डवीच वार्ता जारी

  बैशाख ३०, २०७८

काठमाडौं, वैशाख ३० : काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ । वार्ता अहिले देउवा निवास बूढानीलकण्ठमा चलिरहेको छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिनै लागेको वेला उहाँहरु बीच भेट भएको हो । देउवा र प्रचण्डबीच वार्ता चलिरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गोरखापत्र अनलाइलाई जानकारी दिनुभयो । यसै बीच अहिले प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच पनि वार्ता चलिरहेको छ ।

तपाईको प्रतिक्रिया