काठमाडाै, वैशाख ३० : सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा शुरू भएकाे छ । राष्ट्रपतिबाट आज साँझ ९ बजेसम्म प्रधानमन्त्री पदका लागि दुई वा दुईभन्दा बढी राजनीतिक दलको बहुमत रहेको प्रतिनिधिसभाका कुनै पनि सदस्यले दाबी पेश गर्न आव्हान गरिएको थियो । राष्ट्रपतलिे संविधानको धारा ७६ को उपधारा ९२० अनुसार संयुक्त सरकार गठनका लागि आव्हान गरिएको हो ।
आजकाे एमाले स्थायी कमिटी बैठकमा यदि कुनै पनि दलले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दाबी पेश नगरे कुन ढङ्गबाट अधि बढ्ने भने विषयमा छलफल केन्द्रित रहने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँले पार्टीका असन्तुष्ट पक्ष माधवकुमार नेपाल लगायतका नेताहरुसँग पनि सहमतिका लागि निरन्तर छलफल भइरहेको बताउनुभएको छ ।






