एमाले नेता चौलागाँइको निधन

  बैशाख २९, २०७८

काठमाडौं, बैशाख २९ : संविधानसभा सदस्य तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाँइको गाए राती निधन भएको छ ।कोरोना संक्रमण भई मनमोहन मेमोरियल अस्पतालमा उपाचारत चौलागाईको मंगलबार राती करिब १० बजे निधन भएको हो ।

उहाँको निधनप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले दुख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । यस्तै नेकपा एमाले पार्टि कार्यालयका तर्फबाट सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति मार्फत समवेदना व्यक्त गर्नु भएकाे छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार पीसिआर टेस्ट गराउँदा सांसद चौलागाईं मंगलबार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना हुनुभएको थियो । स्थायी घर दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर–४ काब्रे ‘क’ रहे पनि उहँले दोलखा ‘ख’ बाट टिकट लिएर विजयी हासिल गर्नुभएको थियो ।

काठमाडौं पेप्सिकोलामा बस्दै आउनुभएका चौलागाईंको श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया