काठमाडौंमा भेरोसेल खोप दोस्रो डोज लगाउने स्थान तोकियो

  बैशाख २८, २०७८

काठमाडौं, वैशाख २८ : चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ ।

सो का लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा दुई चन्द्रागिरीमा तीन, नागार्जुन नपामा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

त्यस्तै टोखा नागरपालिकमा २, बुढानीलाकण्ठमा २, गोकर्णेश्वर नपामा २, शंखरापुरा नपा १ र कागेश्वरी मनोहरा नगरपालिकमा १ खोप केन्द्र तोकिएको छ ।

तपाईको प्रतिक्रिया