उपत्यकामा चार हजार १९८ मा संक्रमण पुष्टि

  बैशाख २६, २०७८

काठमाडौं, वैशाख २६ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका चार हजार १९८ जना सङ्क्रमित थपिएका छन् । देशभरि आठ हजार ७७७ जना थपिएकोमा करिब ५० प्रतिशत सङ्क्रमित काठमाडौं उपत्यकामै थपिएका हुन् ।

पछिल्लो @$ घण्टामा उपत्यकाका तीन जिल्लामा थपिएका सङ्क्रमित अहिलेसम्मकै उच्च हो । यसअघि उपत्यकामा गत् शुक्रबार चौबीस घण्टामा चार हजार १०६ जना सङ्क्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा तीन हजार १६१, ललितपुरमा ५३३ तथा भक्तपुरमा ५०४ जना सङ्क्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया