कोरोना संक्रमितको उपचारमा डोर टु डोर टिम बन्ने : सरकारका प्रवक्ता

  बैशाख २४, २०७८

काठमाडौं, वैशाख २४ : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले डोर टु डोर टिम निर्माणको तयारी गरिरहेको बताउनुभएको छ ।

विश्वव्यपाीरुपमा फैलिएको दोस्रो लहरको कोरोना महामारीले देशमा अप्ठ्यारो परिस्थती सिर्जना गरिरहेको अवस्थामा परिवारका सबै सदस्यहरु पनि कन्ट्रयाक्ट् ट्रेसिङमा परिरहेका बेला बेसहारा बनेका संक्रमितहरुको उपचारका लागि यसखाले टिमको निर्माण हुन लागेको मन्त्री गुरुङले बताउनुभयो ।

वीर अस्पतालमा पाँच सय शैयाको उपचार गर्न मिल्ने संरचना निर्माण भइरहेको पनि उहाँले बताउनुभयो । छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उहाँले कोभिड संकटको अवस्थामा जनमानसमा त्रास नफैलाउने र सकारात्मक र सहयोग पुग्ने खालको समाचार सम्प्रेषण गरेर संकट समाधानका लागि भूमिका खेल्नका लागि पत्रकारहरुको विशेष टिम समेत निर्माण हुने बताउनुभयो । ता कि, कोरोना कै समाचार सुनेर विगतमा जस्तो कसैले पनि आत्महत्या गर्न नपरोस्, यसका लागि मन्त्रालयले आवश्इक पहल गरिरहेको मन्त्री गुरुङले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया