दुई हजार ६१९ संक्रमित थपिए, ३६८ कोरोनामुक्त, १४ जनाको मृत्यु

  बैशाख ११, २०७८

काठमाडौं, वैशाख ११ : देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ६१९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६६८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । जसमा सात हजार ५२५ जनाको पिसिआर र एक हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः दुई हजार ४८६ र १३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३६८ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ रहेको छ । निको हुने दर भने ९३ दशमलब तीन प्रतिशत रहेको छ ।

अहिले देशभर १६ हजार ८२८ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ७१ क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख ९५ हजार ७२५ को पिसिआर परीक्षण भएको छ । त्यस्तै कोरोनाका कारण १४ जनाको मृत्यु पुष्टि भएको छ । हालसम्मा तीन हजार १३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ६४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० नाघिसकेको छ ।

नेपालमा कोरोनाभाइरसका दुई हजार ४८६ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सात हजार ५२५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ४८६ जनामा संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड(१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । एक हजार १४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १३३ जनामा पोजिटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन् । कोभिड सङ्क्रमित तिब्र रुपमा थपिदै जाँदा निको हुने दर भने घटेको छ । हाल निको हुने दर ९३।३ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल १६ हजार ८२८ जनामा कोरोनाभाइरस संक्रमण सक्रिय रहेको छ भने ७१ जना हाल क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख ९५ हजार ७२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । सोही अवधिमा १४ जना संक्रमितको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया