एकजना सम्पर्क अधिकृत पनि पुगेनन् आधार शिविर, तत्काल जान निर्देशन

  बैशाख ११, २०७८

काठमाडौं, वैशाख ११ : पर्यटन विभागले विभन्न हिमालको अरोहीहरुको रेखदेख गर्न आधार शिविरमा खटाएका सम्पर्क अधिकृतलाई तत्काल जिम्मेवारी पूरा गरी आधार शिविर जान निर्देशन जारी गरेको छ ।

पर्यटन ऐन २०३५ को दफा २० तथा पर्वतारोहण सम्बन्धी नियमावली २०५९ को नियम ८ बमोजिम सम्पर्क अधिकृतहरुलाई जिम्मेवारी दिएर आधारशिविरमा खटाइए पछि एक महिना वित्दा समेत उक्त क्षेत्रमा नपुगेको पाइएको भन्दै तत्काल खटाईएका हिमालमा जान सूचनाप ्रकाशन गरी निर्देशनदिएको छ ।

पर्वतारोहण सम्बन्धी नियमावली २०५९ ले एक आरोहणदलका लागि एक जना सम्पर्क अधिकृत खटाउनु पर्ने व्यवस्था गरेको छ । सगरमाथामा४२, ल्होत्सेमा ११, नुप्सेमा तीन र पुमोरीमा दुई आरोहणदल गरी सगरमाथा आधार शिविरका लागि मात्र ५८ आरोहण दलले अनुमति लिएका छन् ।

एक आरोहणलका लागि एक जना सम्पर्क अधिकृत खटाउनु पर्ने व्यवस्था अनुसार विभागले ५८ जनानै सम्पर्क अधिकृत सगरमाथा आधार शिविरमा खटाए पनि एक महिनावित्दा समेत एक जना पनि आधार शिविरमा नपुगेको पाए पछि विभागले थप कडाइ गरेको महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो । यि चारवटै हिमाल आरोहणगर्दा एउटै आधारशिविर प्रयोग गर्ने गरिन्छ ।

कानुनमै उल्लेख गरेर सरकारले सम्पर्क अधिकृतलाई आरोहण एजेन्सीबाट सेवा सुविधादिनु दिनु पर्ने उल्लेख गरेको छ । यसरी आधार शिविर जानुअघि नै सम्पर्क अधिकृतले एजेन्सीबाट जनही दुई लाखभन्दा बढी एक पटकमा लिएर काज सुविधा सहित जिम्मेवारी वहन नगर्ने गरेको पाइएको छ ।

दुई वर्षअघिको भन्दा धेरै आरोहीले सगरमाथा आरोहणका लागि अनुमती लिएका छन जसमा ४२ आरोहण दलबाट ३९४ जना रहेको विभागको तथ्याङक छ । अन्नपूर्ण हिमालको आरोहण सम्पन्नभई सके पनि त्यस क्षेत्रमा खटिएका चार जनामध्ये कोही पनि आधार शिविर पुगेका थिएनन् ।

१६ वटा हिमाल आरोहणका लागि ७९ वटा आरोहण दलबाट ६८९ जना आरोहीले आरोहण अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क छ । यि आरोहीबाट ५२ करोड ५५ लाख राजश्व संकलन भएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया