पूर्व राजा ज्ञानेन्द तथा कोमल अस्पताल भर्ना

  बैशाख ११, २०७८

काठमाडौं, वैशाख ११ : पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । छोरी प्रेरणा शाहसहित उहाँहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

कोरोना संक्रमणका कारण उहाँहरु आज (शनिवार) दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो । केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो । कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उहाँहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ वास्तोलाले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया