हुम्ला, वैैशाख ६ : कर्णाली प्रदेशको सम्बृद्धिसँग जोडिएको कर्णाली करिडोरलाई सरकारको पहिलो प्राथमिकताको गौरवको आयोजना भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले बताउनुभयो । उक्त आयोजनाको सुर्खेतबाट हुम्लासम्मको हवाई मार्गबाट अनुगमन गरेर सदरमुकाम सिमकोटमा हुम्लाबासीलाई सम्बोधन गर्ने क्रममा मन्त्री नेम्वाङले सो कुरा बताउनुभएको हो ।
कर्णाली प्रदेशको उन्नतिसँग प्रत्यक्ष सरोकार राख्ने कर्णाली करिडोरलाई सरकारले पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रममा प्राथमिकतामा राखेर समेट्ने मन्त्री नेम्वाङले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक आफूलाई कर्णाली करिडोरको काम जतिसक्दो चाँडो सक्ने गरी योजना तर्जुमा गर्न र बजेटको व्यवस्था निर्देशन दिएको कुरा सुनाउँदै अब ७७ जिल्ला मध्ये एक मात्र हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा सडक नजोडिएकोमा प्रधानमन्त्री चिन्तित भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्रीको निर्देशन र आफ्नो पनि यस आयोजनाप्रतिको चासोको कारण हवाई तथा स्थल मार्गबाट अनुगमन गर्न हुम्ला आएको र करिडोरको पछिल्लो अवस्थाबारे जानकारी लिएको उहाँले बताउनुभयो । उक्त आयोजना आगामी आर्थिक वर्ष ०७८/०८९ मा पुरा हुने समेत मन्त्री नेम्वाङले बताउनुभयो । हाल सडक विभाग अन्र्तगतको हिल्सा सिमकोट खण्डको १४५ किलोमिटर मध्य छारे सर्केगार्ड खण्डको १६ किलो किलो मिटर चट्टानी असजिलो खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिने निष्कर्षमा पुगे अनुसार मन्त्रालयले निर्णय गरि सकेको उहाँले बताउनुभयो ।
आयोजना अनुगमन गर्न मन्त्री नेम्वाङ नेतृत्वको टोलीमा सांसद रंगमति शाही र कविता बोगटी, मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकास विज्ञ इन्जिनियर गजेन्द्रप्रसाद थपलियालगायतको । टोली नेपाली सेनाको हेलिकोप्टरबाट आएको र सोमबारै सुर्खेत फिर्ता भएको थियो ।






