तीन हजार ५८८ आरटीपीसीआर परीक्षणमा ४९० संक्रमित, १५७ संक्रमणमुक्त

  बैशाख ०३, २०७८

काठमाडौं, वैशाख २ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४९० जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९० जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, ५६४ वटा एन्टिजिन परीक्षणमा ४४ जना सङ्क्रमितको पहिचान गरिएको छ ।

मन्त्रालयको कोभिड-१९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको जानकारी गराएको छ ।

पछिल्लो २४ घण्टामा १५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ६०४ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा कोभिड सङ्क्रमणले ५ ब्यक्तिको मृत्युको पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ६६ जनाको मृत्यु भएको छ । हाल चार हजार ३८४ जना आइसोलेशनमा र ६० जना क्वारेन्टिनमा छन् ।

तपाईको प्रतिक्रिया