भारतमा २४ घण्टामा एक लाख ६१ हजार बढी संक्रमित, ८७९ को मृत्यु

  चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका एक लाख ६१ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । सोही अवधिमा ८७९ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म एक लाख ७१ हजार ५८ जनाको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका एक लाख ६१ हजार ७३६ सङ्क्रमितसँग कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ ।

हाल १२ लाख ६४ हजार ६९८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो २४ घण्टामा ९७ हजार १६८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म एक करोड २२ लाख ५३ हजार ६९७ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार बिहानसम्म दश करोड ८५ लाख ३३ हजार ८५ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा १४ लाख १२२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया