नागरिकलाई सही सूचना दिनेगरी समाचार प्रकाशन प्रसारण गर्न मन्त्री गुरुङको आग्रह

  चैत ३०, २०७७

काठमाडौं, चैत ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई सही सूचना दिने गरी समाचार प्रकाशन एवम् प्रसारण गर्न सञ्चार माध्यमहरुलाई आग्रह गर्नुभएको छ । सरकारका प्रवक्ता रहनुभएका मन्त्री गुरुङले केही सञ्चार माध्यमले भ्रम सिर्जना गर्नेगरी समाचार दिने गरेको उल्लेख गर्दै नागरिकलाई सही सूचना दिनेगरी समाचार सम्प्रेषण तथा प्रकाशन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सामूदायिक रेडियो प्रसारक संघ, नेपाल (अकोराव) का नवनिर्वाचित कार्य समितिलाई सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा स्वागत तथा बधाइँ ज्ञापन गर्दै उहाँले सामूदायिक रेडियोहरुले आफैंले बनाएर लागू गरेको मादपण्डअनुसार अघि बढने विश्वास उहाँले व्यक्त गर्नुभयो । “सामूदायिक रेडियोहरु तय गरिएका मापदण्डअनुसार चल्नुपर्ने हुन्छ” मन्त्री गुरुङले भन्नुभयो, “समूदायलाई सही सूचना दिने काममा तपाईहरु चुक्नु हुन्न ।”

त्यस अवसरमा उहाँले अकोरावले राखेका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता  व्यक्त गर्नुभएको उहाँको प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । भेटमा अकोरावका अध्यक्ष अर्जुन गिरीले सामूूदायिक रेडियोहरुका लागि विपद व्यवस्थापन कोषको छुुट्टै व्यवस्था गर्नुपर्ने, कर छुुट, विद्युत महसुल तथा टेलिफोन महसुल छुुटका लागि नीतिगत व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभयो ।

तपाईको प्रतिक्रिया