पछिल्लो २४ घण्टामा २८८ जना संक्रमित थपिए, १२७ संक्रमणमुक्त

  चैत २७, २०७७

काठमाडौं, चैत २७ : नेपालमा कोरोना भाइरसका २८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ७१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा १२७ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै मृत्यु हुनेको संख्या शून्य रहेकोमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ७३५ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया