हुम्ला, चैत १३ : खाद्यान्न समस्या हुने देखिएपछि नाम्खा गाउँपालिकाले हालसम्म ढुवानी हुन नसकेकाो कोटाको खाद्यान्न हवाई मार्गबाट ढुवानीको ब्यवस्था गर्न माग गरेको छ । रसुवाको केरुङ नाकाबाट तिब्बत हुँदै हिल्सा आउनुपर्ने खाद्यान्न कोरोनाले नाका बन्द हुँदा ढुवानी गर्ने कार्य बन्द हुँदा गाउँपालिकाले हवाई मार्गबाट ढुवानीको ब्यवस्था गर्न माग गरेको छ ।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले गाउँपालिकाका लागि केरुङ नाका हुँदै पैदल मार्गबाट खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले ब्यवस्था गरेको चार हजार क्विन्टल खाद्यान्न नाका बन्द भएपछि ढुवानी हुन नसकेको कारण सो खाद्यान्न अब हवाई मार्गबाट ढुवानी गरेर खाद्यान्न समस्या समाधान गर्न माग गर्नुभएको छ ।
सो खाद्यान्न पैदल मार्गबाट तिब्बत हुँदै हिल्सादेखि याल्वाङसम्म ढुवानी गर्नका लागि सप्लायर्स पनि छनाेट भइसकेको थियो । पैतालीस रुयिाँमा प्रतिकेजी खाद्यान्न ढुानी गर्न सकिने भएपछि नाम्खा गाउँपालिकाका लागि लिमिटेडले खाद्यान्न सो मार्गबाट ढुवानी गर्ने गरेको थियो । उत्पादन कम हुने नाम्खा गाउँपालिकामा खाद्यान्न चीनको ताक्लाकोटमा निर्भर रहनु पर्नेमा कोरोनापछि हिल्सा नाका बन्द हुँदा कुनै पनि खाद्य सामाग्राी एक वर्षयता ढुवानी नभएको कारण अब खाद्यान्न समस्या हुने अवस्था आएको उहाँले बताउनुभयो ।
केरुङबाट ढुवानी हुने अबस्था नरहेकोले गाउँपालिकाको कोटाको खाद्यान्न समयमै हवाई मार्गबाट ढुवानीको ब्यवस्था गर्न उहाँल लिमिटेडसँग माग गर्नु भएको हो । सो खाद्यान्न पैदल मार्गबाट ढुवानी हुनेसक्ने अवस्था नभएपछि जिल्ला खाद्य व्यवस्था समिति समेत निर्णय गरेर हवाई मार्गबाट ढुवानीको ब्यवस्था गर्न निर्णय गरेर लिमिटेड केन्द्रमा पठाई सकेको लिमिटेडको हुम्ला शाखाका प्रमुख निर्मलकुमार थापाले बताउनुभयो ।






