तीन हजार ९६३ परीक्षणमा १४५ संक्रमित, ९० जना कोरोनामुक्त

  चैत ११, २०७७

काठमाडौं, चैत ११ : पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ९६३ मा पीसीआर गर्दा १४५ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ९६३ जनाको परीक्षण भएको मन्त्रालयका सहप्रवक्ता डा. सन्दिपकुमार अधिकारीले बताउनुभएकाे हाे । यस्तै, ९० जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन् । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ६३ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ । पछिल्लो २४ घण्टामा एकजनाकाे मृत्यु भएकाे छ । हालसम्म तीन हजार २० जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।

यस्तै, काठमाडाैं उपत्यकामा ६३ जनामा काेराेनाकाे भाइरस थप भएकाे छ । भक्तपुरमा दुई, ललितपुरमा आठ र काठमाडाैं जिल्लामा ५३ जना सङ्क्रमित भएका छन् । 

तपाईको प्रतिक्रिया