जापानको फुकुशिमामा भूकम्प

  चैत ०४, २०७७

टोकियो, चैत ४ : जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्निच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार उक्त भूकम्प स्थानीय समय अनुसार साँझ ५ः२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा थियो ।

भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया